Thursday, 4 July 2013

पुरा हुने भो संजय दत्त को इच्छा


४ जुलाई । जेल गएपछि रिलिज हुन लागेको संजय दत्तको पहिलो फिल्म ‘पुलिसगीरी’ को प्रिमियर दुबईमा नहुने भएको छ ।संजय दत्तले एउटा चिट्ठी लेखेरनै यो इच्छा ब्यक्त गरेका थिए । संजय दत्तको मुख्य भूमिका भएको फिल्म ‘पुलिसगीरी’ भोली शुक्रवार रिलीज हुन लागेको हो । यस फिल्ममा संजय दत्त बाहेक प्रकाश राज र प्राची देसाई पनि रहेका छन । संजय दत्तले जेलबाट चिट्ठी लेखेर मान्यतासंग भनेका थिए उनले यस फिल्मका प्रोड्यूसर र डाइरेक्टरसंग यस फिल्मको प्रीमियर दुबई मा नगर्न भनेका थिए । संजय दत्त चाहन्थे कि यस फिल्मको प्रमोशनमा जति खर्च गरिनेछ, त्यसलाइ प्रमोशनमा खर्च गर्नु सट्टा त्यो रकम उत्तराखण्डमा बाढीपीडितहरूलाइ बितरण गरियोस । मान्यताले संजय दत्तको यस इच्छाका बारेमा फिल्मसंग सम्बन्धितहरूलाइ बताइदिइन । यस कुराको अन्तिम निर्णय यस फिल्मका प्रोड्यूसरले गर्नुपर्ने थियो । जब निर्णय बाहिर आयो । यस फिल्मिसंग सम्बन्धित मानिसहरूले संजय दत्तको इच्छाको सम्मान गर्दै दुबईमा हुने प्रीमियरलाइ रद्द गरिदिए । अब यो रकम उत्तराखण्डको राहत कोषमा पठाइने बताइएको छ । जे होस, संजयको यस इच्छाको सम्मान र बाढिपिडित प्रति उनको मायाको अहिले बलिउडमा निकै चर्चा भैरहेको छ ।(Whithimal)

Sanjay is unable to promote the film as he is completing his three-and-a-half-year jail sentence in the 1993 Mumbai blast caseImprisoned actor Sanjay Dutt's wife Manyata has urged his fans to watch Policegiri. Sanjay is unable to promote the film as he is completing his three-and-a half-year jail sentence in the 1993 Mumbai blast case. "We will feel good if they would watch the film as this film was very close to Sanju," said Manyata here at the special screening of the film Tuesday. DNA

No comments:

Post a Comment