पेटमा गर्भ बसेको बेला गर्भवती महिलालाई बिहानपख वाकवाकी लाग्ने तथा रिँगटा आउने हुन्छ । कतिपय महिलालाई त खाना खाने बित्तिकै जुनसुकै बेला पनि वान्ता हुने समस्या रहन्छ । वान्ता हुने समस्या समाधान गर्न वान्ता रोक्ने औषधि खानु झन हानिकारक हुने डरले गर्भवती महिलाहरु नखाइनखाइकन बस्छन् । जसले अन्ततः आमा र पेटको बच्चा दुबैलाई कुपोषित बनाउने खतरा हुन्छ । पेटमा गर्भ रहेको बेला महिलालाई वान्ता हुनु सामान्य प्रक्रिया हो तर कहिलेकाहीँ वान्ताको दर निकै बढि हुन्छ । गर्भावस्थाको बेला हुने वान्ता अर्थात् बिहानी बिमारका कारण धेरै महिला चिन्तित हुन्छन् । तरपनि यसको पूर्ण समाधान भने भेटिन सकेको छैन । हालैको एक अध्ययनले एक अनौठो तथ्य पत्ता लगाएको छ । गर्भवती महिला यौनक्रिडा गर्दा मुखमैथुनमा संलग्न भएमा यस्तो वान्ता हुने समस्या कम हुने अध्ययनको निष्कर्ष छ । अमेरिकाको एल्बानी विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मुखमैथुन गरेर आफ्नो श्रीमानको विर्य नियमित रुपमा सेवन गर्ने महिलालाई गर्भावस्थामा वान्ता हुने समस्या कम हुन्छ । वास्तवमा यस्तो वान्ता हुने समस्या महिलाको सरीरमा गर्भाधानका बेला प्रवेश गर्ने विर्यकै कारण उत्पन्न हुन्छ । त्यसैले पाठेघरमा प्रवेश गर्ने त्यस्तो विर्यबाट उत्पन्न हुने साइड इफेक्टलाई निस्तेज गर्न महिलाले मुखमैथुनमार्फत सेवन गर्ने विर्य कामयावी हुने उनीहरुको तर्क छ । मुखमैथुन गर्ने तथा विर्यपानले महिलाहरुमा तनाव पनि कम हुने बताइएको छ । तर यसको लागि सुरक्षित मैथुन वा यौनस्वास्थ्यमा अत्यन्तै ध्यान पूराउनुपर्ने हुन्छ ता की यसका कारण अरु सरुवा यौनरोग नलागोस् ।
संभोग कति सुरक्षित ?
फास्ट ट्राइमेस्टर: पहिलो तीन महिना गर्भपातको खतरा सबैभन्दा बढी हुन्छ। अतः यो समयमा सहवास गर्नुहुँदैन। यो समयमा गर्भवती महिलाका साथै भ्रुणमा पनि इन्फेक्सन हुने खतरा रहन्छ।
सेकेन्ड ट्राइमेस्टर :यदि गर्भ नर्मल छ र कुनै प्रकारको समस्या छैन भने सेकेन्ड ट्राइमेस्टर अर्थात् दोस्रो तीन महिनाबीच यौन जीवनको आनन्द लिन सकिन्छ। भेजाइनामा लचकता, ब्लिडिङ, पीडा आदि समस्या भए सजग हुनु पर्छ। गर्भावस्थामा संयम अपनाउँदै यौन जीवनको आनन्द उठाउनुपर्छ।
थर्ड ट्राइमेस्टर: गर्भावस्थाको अन्तिम तीन महिनामा सहवासबाट जोगिनुपर्छ। लास्ट ट्राइमेस्टरमा संभोग गर्नाले कहिलेकाहीँ बेबीको चारैतिर हुने तरल पदार्थ (एमिनोटिक फ्लुइड) लिकेज एवं रक्तस्राव हुने सम्भावना हुन्छ, अतः यस्तो अवस्थामा संभोग गर्नुहुँदैन।
सुरक्षित पोजिसन: गर्भ रहेको समयमा सीधा सुतेर वा मेन अन टप पोजिसनभन्दा साइड पोजिसन, स्पुन स्टाइलमा संभोग गर्नु उचित हुन्छ। यसबाट युट्रस अर्थात् गर्भमा धेरै दबाब पर्दैर्न। महिला अन टप पोजिसन पनि उपयुक्त हुन्छ। यसबाट गर्भाशयमा दबाब पर्दैन। सिटिङ पोजिसन पनिसुरक्षित मानिन्छ।
सावधानीका कुरा : सेकेन्ड ट्रामेस्टरसम्म आइपुग्दा भ्रुणको आकार बढ्छ। अतः संभोग गर्दा कण्डम प्रयोग गर्नुपर्छ। यसबाट इन्फेक्सनको खतरा कम हुन्छ। गर्भ रहेको समयमा कुनै पनि प्रकारको लुबि्रकेन्टको प्रयोगबाट बच्नुपर्छ। यो समयमा पेटमा भर सक कम दबाब परोस् भन्ने कुरामा सतर्क हुनुपर्छ। यो मामिलामा पुरुष पक्षले बढी सावधानी अपनाउनुपर्छ। गर्भ रहेको बेला ओरल सेक्सबाट बच्नुपर्छ। यो प्रक्रियामा पार्टनरको मुखबाट हावा भर्जाइनासम्म पुग्ने सम्भावना रहन्छ, जसका कारण युट्रसको मुख ब्लक हुने सम्भावना हुन्छ र शिशुको श्वास-प्रश्वास प्रक्रियामा कठिनाइ उत्पन्न हुनसक्छ। कुनै प्रकारको कम्प्लेक्सन जस्तै फर्टिलिटी टि्रटमेन्ट वा ३५ वर्षभन्दा माथिको उमेरमा गर्भवती भएको स्थितिमा आवश्यक परामर्श पछि मात्र सहवासमा संलग्न हुनु राम्रो हुन्छ। वाइल्ड तथा हिंस्रक संभोगबाट बच्नुपर्छ, यसबाट गर्भवती महिलामाथि खतराको सम्भावना रहन्छ। सर्विक्स कमजोर भएको स्थितिमा समयपूर्व प्रसवको आकांक्षा, पीडा, योनिबाट अकारण ब्लिडिङ भए वा एकभन्दा अधिक भ्रुण भए संभोगमा संलग्न हुनुहुँदैन। संभोग पछि पेल्भिक एरयिाको सरसफाइमा ध्यान पुर्याउनुपर्छ।
डेलीभरिपछि: डेलीभरकिा बखत लगाएको चिरा (एपिसियोटोमी) सुकेपछि मात्र सहवास गर्नु उचित हुन्छ। सिजेरयिन डेलीभरि (अप्रेसन बाट शिशुको जन्म) भएको स्थितिमा चिकित्सकीय परामर्शबिना संभोग गर्नुहुँदैन। गर्भावस्था वा योनिको इन्फेक्सनको सम्भावना नदेखिएपछि मात्र संभोग गर्नु उपयुक्त हुन्छ
No comments:
Post a Comment