Friday, 28 June 2013

     १४ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा वहालवाला उच्च अधिकारीसहित २०० कर्मचारीको सम्पत्ति छानबिन सुरु गरेको छ । सशस्त्र प्रहरीका महानिरीक्षक, नेपाल प्रहरीका डिआईजी, नेपाल टेलिकमका प्रबन्ध निर्देशकलगायत निजामती र अन्य सरकारी सेवाका कर्मचारी अनुसन्धानको दायरामा परेका छन् ।उनीहरुको लकर रोक्का गर्न अख्तियारले नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । बिहीबारसम्म ५१ कर्मचारीको नाम प्राप्त भई लकर रोक्का गरिसकेको र अरु नाम क्रमशः आउने जानकारी अख्तियारबाट प्राप्त भएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।राष्ट्र बैंकले ५ करोड रुपैयाँभन्दा बढी ऋण लिने व्यक्तिको विवरण पहिले नै अख्तियारलाई पठाइसकेको छ । लकरमा के कति नगद, सुनचाँदी राखिएको छ भन्ने विवरण राष्ट्र बैंकलाई उपलब्ध हुँदैन । ग्राहकले बैंकलाई जानकारी नदिई लकरमा धनसम्पत्ति राखेका हुन्छन् । अख्तियारको निर्देशनपछि उल्लेखित कर्मचारीले आप\mनो लकर खोलेर सम्पत्ति झिक्न नपाउने भएका छन् ।अख्तियारले अनुसन्धान सुरु गरेका कार्यालयको नाम भ्रष्टाचार हुने अखडाको रुपमा परिचित रहेका छन् । सबैभन्दा बढी कर्मचारी नेपाल विद्युत प्राधिकरणका रहेका छन् । ठूलो बजेटमा सञ्चालित सरकारी परियोजनाका जिम्मेवार कर्मचारी पनि छानविनको दायरामा परेका छन् ।
अनुसन्धानमा परेका कर्मचारीको सूची
सशस्त्र प्रहरी - कोषराज वन्त महानिरीक्षक, चिरञ्जीवी अधिकारी एसएसपी, श्यामकाजी कुँवर एसपी र गोपीमान श्रेष्ठ एसपी ।
नेपाल प्रहरी  - प्रतापसिंह थापा डिआईजी, रमेश विक्रम शाह डिआईजी, सञ्जयसिंह बस्नेत एसपी, हिराबहादुर गिरी डिएसपी ।
नेपाल टेलिकम – दिगम्बर झा महाप्रबन्धक, राजेन्द्र नकर्मी, अम्बर स्थापित, पुरुपोत्तम खनाल, दीपेश आचार्य, कुमारप्रसाद शमर्ँ, सुधीरप्रसाद अर्याल, अनिल आचार्य, मदन शर्मा, भगतमानसिंह प्रधान, प्रदीप ठाकुर, निरज अधिकारी, चन्द्रमोहन झा, देवनारायण यादव,विराटनगर
ऊर्जा /सिंचाई मन्त्रालय  – मोती कुँवर, सीताराम यादव, हिमालय पौडेल, थलबहादुर तामाङ ।
वैदेशिक रोजगार विभाग - भवानी थानी, विष्णुहरि उपाध्याय, विश्वबन्धु रेग्मी
आयल निगम - वतीराज पौडेल, रविनचन्द्र अधिकारी, रविनकुमार शर्मा, वीरेन्द्र गोइत, मुकुन्दप्रसाद घिमिरे पर्सा
सिटिईभिटी -रामेशकुमार बखती, देवचन्द्र देवकोटा, नरेन्द्र शाह, विष्णु कोइराला, राजु खड्का,  यमप्रसाद भुर्तेल
गृह मन्त्रालय- उद्धव तिमिल्सिना बझाङ, गोपाल पराजुली रामेछाप, दीपक पोखरेल झापा
यातायात व्यवस्था कार्यालय- विपिनकुमार लाल कर्ण ललितपुर, भिमप्रसाद गौतम इटहरी, कीर्तिवल्लभ पौडेल ललितपुर, राजेश पन्थी ललितपुर, जीवन आचार्य पर्सा, खुसीलाल कर्ण जनकपुर
नापी विभाग -सुमन्त झा पर्सा
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल- दिनेश श्रेष्ठ महाप्रबन्धक
राजस्व प्रशासन- कुलप्रसाद चूडाल ललितपुर, तुलसी सेढाई धरान, धर्मेन्द्र मिश्र बुटवल, इन्द्र ढुंगाना
ऋण असुली न्यायाधिकरण- दीर्घराज मैनाली बानेश्वर
विद्युत प्राधिकरण- विज्ञानप्रसाद श्रेष्ठ, विमल गुरुङ, रोशन अग्रवाल, बज्रभुषण चौधरी, गणेशप्रसाद राज, होमबहादुर केसी, हरिवीर सिलवाल, बोधराज ढकाल, दीपक उपाध्याय, महेश्वरलाल श्रेष्ठ, चिरञ्जीवी पौडेल, रामचन्द्र पौडेल, शेरसिंह भाट, प्रमोद ढुंगाना ।
मेडिकल काउन्सिल- अनिलकुमार झा, मनोहर प्रधान, निलमणि उपाध्याय,
इन्जिनियरिङ्ग परिषद्- शालिग्राम सिंह
दूरसंचार प्राधिकरण-  विजय ठाकुर
नगरपालिका-  रामबहादुर थापा काठमाण्डौं, साधुराम भट्टराई काठमाण्डौं, बाबुराम गौतम काठमाण्डौं, बद्री खड्का काठमाण्डौं, बसन्त आचार्य काठमाण्डौं, देवेन्द्र पोख्रेल काठमाण्डौं, उत्तरकुमार रेग्मी काठमाण्डौं, देवेन्द्र डंगोल काठमाण्डौ, नरेन्द्र श्रेष्ठ काठमाडौं,रुद्र गौतम ललितपुर, दीपक कोइराला काठमाडौं, गोपाल रेग्मी विराटनगर
सहरी विकास- कामेश्वरप्रसाद सिंह विराटनगर
कृषि मन्त्रालय- लेखनाथ आचार्य
काठमाडौं खानेपानी लिमिटेड – रविन्द्र नेपाल, लीला ढकाल
 नागरिक उड्डयन प्राधिकरण- त्रिरत्न मानन्धन नि. महानिर्देशक, पुष्यराज शाक्य
कृषि विकास बैंक- सागरचन्द्र जोशी
मालपोत -बद्रीबहादुर कार्की डिल्लीबजार, ठाकुरप्रसाद निरौला झापा 
Source-onlinekhabar.com

No comments:

Post a Comment