Friday, 26 July 2013

बेकह्यामलाई हेर्न जाँदा ७ घाइते

सांघाई – चीन भ्रमणमा रहेका फुटबल सुपरस्टार डेविड बेकह्यामलाई हेर्न एक कार्यक्रममा पुगेका हजारौं दर्शकबीच भागदौड हुँदा हिजो सांघाईमा सात घाइते भएका छन्। पुलिस र स्थानीय सञ्चार माध्यमले जनाएअनुसार भागदौड मच्चिएपछि तत्काल कार्यक्रम स्थगित गरिएको थियो। भ्रष्टाचार र मिलोमतोका विभिन्न बिवादका कारण अप्ठेरोमा परेको चीनिया सुपर लिग (सिएसएल) को सदभावना दुतका रुपमा चीन पुगेका बेकह्यामले घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।उत्तरपूर्वी सांघाईस्थित टोङजी विश्वविद्यालयको रंगशालामा बेकह्यामलाई भेटन छिर्न हजारौं विद्यार्थी र अन्य समर्थकले हानथाप गर्दा घटना भएको सिन्मिन इभिनिङ न्युजले जनाएको छ। 'करिव हजार दर्शकले एकैपटक ढोका खोल्न खोज्दा घटना भएको थियो,' पत्रिकाले छापेको छ। पुलिसले घटनामा तीन पुलिस अधिकारीका साथ ७ घाइते भएको जनाएको छ। घाइते हुने अन्यमा एक जापानी विद्यार्थी पनि रहेको बताइएको छ। चीनमा फुटबल लोकप्रिय बनाउने उदेश्य लिएका बेकह्यामले त्यहाँ स्थानीय विश्वविद्यालयको टोली र स्थानीय फुटबल क्लबको युवा टोलीसँग खेल्ने कार्यक्रम थियो। बेकह्यामले घटनाका कारण खेल रद्ध गर्नुपरेकोमा समर्थकसँग माफी मागेका छन्। 'यो घटनाले मलाई निकै दुखी बनाएको छ। घटनाका घाइतेको सिघ्र स्वास्थ्यलाभ कामना गर्दछु। खेल रद्ध भएकोमा म सबै समर्थकसँग माफी चाहन्छु,' टि्वटरको चीनिया संस्करण सिना वेल्बोको आफ्नो एकाउन्टमा बेकह्यामले भनेका छन्।

No comments:

Post a Comment