Saturday, 10 August 2013

चेन्नई एक्सप्रेस’ले राख्यो दुई कीर्तिमान

9 August शुक्रबार सार्वजनिक प्रदर्शनमा आएको बलिउड चलचित्र चेन्नई एक्सप्रेसले प्रदर्शनको दोश्रो दिनमा नै दुई नयाँ किर्तिमान कायम गरेको छ ।पहिलो, यसले पेड प्रिभ्यू शो (फिल्म सार्वजनिक प्रदर्शनी हुनुअघि नै पैसा लिएर गरिने प्रदर्शन) मा ६ करोड ७५ लाख भारतीय रुपैयाँको ब्यापार गरेर थ्री इडियट्सको नाममा रहेको किर्तिमान तोड्यो । पेड प्रिभ्यू शो मा चेन्नइ एक्सप्रेसले थ्री इडियट्सको नाममा रहेको २ करोड ७० लाख रुपैयाँको किर्तिमान तोडेको हो ।दोश्रो, सार्वजनिक प्रदर्शनको पहिलो दिनमा ३३ करोड १२ लाख भारतीय रुपैयाँको ब्यापार गरेर एक था टाइगरको नाममा रहेको किर्तिमान भंग गर्‍यो ।शुक्रबार सार्वजनिक प्रदर्शन पहिलो दिनमा साहरुख खान र दीपिका पादुकोण अभिनित यस चलचित्रले अघिल्लो वर्ष सलमान खान अभिनित एक था टाइगरको नाममा रहेको ३१ करोड २५ लाख भारतीय रुपैयाँको कीर्तिमान पनि तोडेको हो ।यो चलचित्र भारतका ३५ सय वटा हलमा चलेको छ । समीक्षकको औसत प्रतिक्रिया प्राप्त यो चलचित्र इदको समय पारेर प्रदर्शनमा आएकाले ब्यापार राम्रो भएको हुन सक्ने विश्लेषकहरुको भनाई छ । यसले भारत बाहिरमात्रै झण्डै २३ करोड रुपैयाँको कारोबार गरेको छ । चलचित्रले रेकर्ड कायम गरेपछि खुशी भएका साहरुख खानले दर्शक र समर्थकहरुलाई धन्यवाद दिएका छन् ।
नेपालमा पनि किर्तिमान चेन्नई एक्सप्रेसले नेपालमा पनि प्रदर्शनको पहिलो दिनमा ७० लाख रुपैयाँको कारोबार गरेको वितरकले दाबी गरेका छन् । ८० भन्दा धेरै हलमा चलेको यस चलचित्रले यसअघिका हिन्दी चलचित्रले भन्दा धेरैको ब्यापार गरेको चेन्नई एक्सप्रेसको नेपाल वितरक दर्शन आर्टस्का सुनिल मानन्धरले बताए ।यो चलचित्र नेपालमा अहिलेसम्मकै बढी चलचित्र हलमा लागेको पनि मानन्धरको दावी छ ।

No comments:

Post a Comment