Tuesday, 6 August 2013

एटीएम पिन हृयाक होला है !

एटीएम, अटोमेटेड टेलर मसिन भनिन्छ यसलाई। जतिखेर पनि पैसा झिक्न सकिने भएकाले एटीएम कार्ड लिनेहरुले यसलाई एनी टाइम मनी पनि भन्ने गरेको पाइन्छ। आफ्नो खातामा रहेको वा क्रेडिट कार्ड मार्फत बैंकबाट ऋणका रुपमा खर्च गर्न सकिने रकम झिक्नका लागि यसको प्रयोग हुन्छ। त्यसो त पसलहरुमा सामान खरिद गर्दा पनि यसको माध्यमबाट पैसा भुक्तान गर्न सकिन्छ। त्यसैले यो प्लास्टिकको कार्डलाई प्लास्टिक मनि पनि भन्ने गरेको पाइन्छ।
यसखालको कार्ड प्रयोग गर्नेको संख्या उल्लेख्य छ नेपालमा पनि। यसखालको कार्डबाट हुने भुक्तानी तथा नगदी कारोबारलाई पिन कोड भनिने चार अंकले सुरक्षित गरिएको हुन्छ। यो हामी मध्ये अधिकांशले चलाइरहेको कुरा हो। तर यस्ता चार अंक पिनका लागि प्रयोग गर्दा सजिला अंकहरुको चयन धेरै हुने गरेको र त्यसले आर्थिक कारोबारलाई जोखिममा पार्ने तथ्य एक अध्ययनले देखाएको छ। अध्ययनमा सुझावका रुपमा सबै भन्दा धेरै हृयाक हुन सक्ने १० पिनकोडको सूचि पनि सार्वजनिक गरिएको छ। तपाइँले राख्नुभएको एटिएम पिन पनि यस्तै खालको छ भने तुरुन्त परिवर्तन गर्नुहोला। नत्र तपाइँको पैसामा हृयाकरले लुट मच्चाउला। हफिङटन पोष्टले ३४ लाख पिनकोडको अध्ययन पछि १२३४ लाई सबै भन्दा सजिलै हृयाक हुने र धेरैले राख्ने पिनका रुपमा उल्लेख गरेको छ। उसले चार अंकबाट १० हजार फरक पिनकोड तयार पार्न सकिने भएपनि मानिसहरुले एकै खालको पिन धेरै प्रयोग गर्ने उल्लेख गरेको छ। जेनेडाटा टिक्स भन्ने संस्थाले गरेको अध्ययनले ३४ लाख पिनकोडको अध्ययन गरेर करिब ११ प्रतिशतले पिनकोड १२३४ राखेको पत्ता लगाएको हो। उसले हृयाक हुने खतरा रहेका २० पिनकोडको सूचि पनि सार्वजनिक गरेको छ।

डाटा जेनेटिक्सले एटिएमका पिन सार्वजनिक रुपमा थाहा पाउन नसकिने र बैंकका डाटाबेसबाट पनि लिन नसकिने भएकाले सार्वजनिक भएका, एक्सपोज भएका तथा अन्य कुनै माध्यमबाट लिक भएका पिनहरुको अध्ययन गरेको जनाएको छ। डाटा जेनेटिक्सले सार्वजनिक गरेको १० सबैभन्दा धेरै प्रयोग हुने पिन यस्ता छन् :
1234
1111
0000
1212
7777
1004
2000
4444
2222
6969

सबैभन्दा धेरै प्रयोग हुने गरेका साथै उसले सबै भन्दा कम प्रयोग भएका पनि २० पिनकोड सार्वजनिक गरेको छ। जसमध्येका सबैभन्दा कम प्रयोग हुने १० पिन यी हुन् :
8068
8093
9629
6835
7637
0738
8398
6793
9480
8957

No comments:

Post a Comment