पटक–पटक कारोवारमा
व्युरोको तथ्यांक अनुसार गम्भिरलाल पटके हुन्। अहिले उनी व्युरोको सूची अनुसार फरार हुन्। उर्मिला र सीता पनि पटके नै हुन्। यस अगाडि सीतालाई व्युरोलेनै पक्राउ गरेको थियो। उर्मिला महानगरिय प्रहरी बृत्तको फन्दामा परेकी थिइन्। नानु र शन्तोष समेत पटके कारोवारी हुन्। उनीहरुको नाम लागुऔषध नियन्त्रणमा खटिएका प्रहरी कर्मचारीलाई कन्ठै छ। २०६६ मा पक्राउ परेकी नानु छुटिन्। एक वर्ष कैद सजाय कटाएर छुटेका शन्तोष पुन २०६९ मा पक्राउ परे र, अहिले कारागारमै छन्। व्युरो डिएसपी धिताल परिवारको सदस्यको देखासिखी र सहज आम्दानीका कारण कारोवारी भएको परिवारनै लागुऔषधको कारोवारमा होमिने गरेको अनुभव सुनाउँछन्। सहज आर्थिक उपार्जन र जोखिम मोल्ने बानीको विकाससँगै पुरै परिवार नै कारोवारी बन्ने गरेको उनले बताए। अन्य काम गर्दा दैनिक पाँच सय आम्दानी गर्न हम्मे पर्छ' उनले विष्लेशण सुनाए' कारोवारमा लागेपछी हुने आम्दानीले उनीहरु बारम्बार यही धन्दामा अड्किन्छन्।'फितलो कानुनी प्रावधानका कारण समेत कारोवारमा होमिएकाहरु दुरुत्साहित नभएको लागुऔषध क्षेत्रमा कार्यरत प्रहरी अधिकारीको अनुभव छ। खैरो र सेतो हेरोइनमा केही कडा दफा भएपनी बुप्रिनर्फिन र डाइजेपाम लगायतका नियन्त्रीत लागुऔषधीमा कारवाहीको प्रकृया खुकुलो हुँदा कारोवारी कानुनवाट तर्सिन छाडिसके। लागुऔषध नियन्त्रण ऐनमा मनोपदिक औषधीको खरिद विक्री गर्नेलाई दुई वर्षदेखी १० वर्षसम्म कैद वा दुई लाखदेखी २० लाखसम्म जरिवानाको व्यवस्था भएपनी अधिकांश कारोवारी धरौटीमा छुट्छन्। अधिकतम दुई वर्ष सजाय हुँदा उनीहरु पुन कारोवारमा सक्रिय भइहाल्छन्।२०६६ मा १४ सय एम्पुल सहित पक्राउ परेकी नानु साँढे दुई महिनामै बाहिर आइन्' व्युरोका एक अधिकारीले भने' उनी निस्किए लगत्तै बुप्रिनर्फिन र डाइजेपामको कारोवार शुरु भयो,प्रहरीलाई खोज्दैको हैरानी।'
No comments:
Post a Comment