Thursday, 27 June 2013

एजेन्सी
लन्डन, 
बेलायतको एक अदालतल गतवर्ष भएको ६ बालबालिकाको हत्यामा उनकै बाबुआमाको संलग्नता ठहर गरेको छ । नटिंघमको अपराध अदालते ५२ वषर्ीय माइक फिलपोट, उनकी ३२ वषर्ीया श्रीमती मेरिड तथा उनीहरूका साथी पउल मोस्लेलाई बालबालिकाको हत्याको दोषी ठहर्‍याएका हो । करिब आठ घन्टासम्म चलेको सुनुवाइपछि तीनैजनालाई दोषी ठहर गरिएको हो । उनीहरूलाई दिने सजाय बुधबार अबेर घोषणा गरिने अदालतले जनाएको छ । गतवर्षको मेमा डर्बीस्थित एक घरमा भएको आगलागीमा ती बालबालिकाको मृत्यु भएको थियो । आफ्नी पूर्वप्रेमिका लिसा विल्सलाई फसाउन माइकले पत्नीको सहयोगमा ६ जना बच्चाको सुतेको कोठा आगजनी गरेको अनुसन्धानमा खुल्न आएको छ । मारिएका बालबालिकामध्ये पाँचजनाको घटनास्थलमै र एकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनेमा माइक तथा उनकी प्रेमिका लिसाबाट जन्मेका पाँच तथा माइकीकी पत्नी मेरिड फिलटपको पहिलो पतिबाट जन्मेका एक रहेका थिए । सबै बालबालिका ५ देखि १३ वर्षभित्रका थिए । केही वर्षदेखि भिक्टोरिया रोडस्थित एक घरमा माइक, उनकी पत्नी मेरिड तथा माइककी प्रेमिका लिजा विल्स बस्दै आएका थिए । गतवर्ष फेब्रुअरीमा लिजाले माइकसँग बस्दै आएको घर छाडिदिएकी थिइन् । लिजाले पाँच सन्तानसहित घर छाडेपछि माइक तनावमा देखिन्थे । उनले लिजासँग जोडिएका व्यक्तिलाई आगो लगाएर हत्या गर्ने र लिजालाई फसाउने योजना रहेको कैयाँै साथीलाई बताएका थिए । लिसाले सन्तानसमेत साथ लिएर गएपछि बालबालिकाको पालनपोषणका लागि सरकारले दिँदै आएको रकम बन्द भएपछि उनले यसो गरेको बि्रटिस मिडियाले जनाएका छन् । अदालतमा मुद्दाको सुनवाइका क्रममा माइक हिंस्रक प्रवृत्तिका व्यक्ति भएको पनि खुल्न आएको छ । उनले पूर्वप्रेमिका लिसा विल्सलाई आफ्नै हिसाबले चलाउन खोजेपछि लिसा उनलाई छाडेर गएकी थिइन् । प्रेमीको भनाइ इन्कार गरेपछि लिसालाई २७ पटक भौतिक आक्रमण गरेको आरोपमा माइकले सात वर्ष कारावासको सजायसमेत भोगिसकेका छन् ।आफूले नजिकबाट नियालेको तथा अनुसन्धान गरेको घटनामध्ये यो सबैभन्दा हिंस्रक भएको एक वरिष्ठ प्रहरी अधिकारीले जनाएका छन् /एजेन्सी


No comments:

Post a Comment