Thursday, 27 June 2013




गैर कानुनीआप्रवासीले भोख हडताल


जर्मनको म्युनिखमा गैर कानुनीआप्रवासीले भोख हडताल शुरु गरेका छन । उनिहरुले कयौ दिन देखि पानी समेत पिएका छैनन । केहीलाई भने हस्पिटलमा भर्ना गरिएको छ । स्थानिय पत्रिकाले जनाए अनुसार उनिहरुको स्थिती नाजुक वन्दै गइ रहेको छ । गैर कानुनी आप्रवासीको सो भोख हडताललाई स्थानिय नागरिकहरुले पनि सधाइ रहेका छन । यदापी सरकारले भने कुनै कदम चालेका छैनन । सरकारले यो व्ल्याक मेल भएको जनाएका छन । स्थायिन प्रशासन मन्त्रीले हामी यस्तो प्रकारको कार्य स्वीकार्य नहुने जनाएक्ा छन ।     गैरकानुनी आप्रवासीले गत वर्षदेखि विभिन्न पर््रदर्शनी कार्यक्रम गरी आएका छन । स्थायिन शरणर्थी क्याम्प वाभरिया दे िवर्लिन पद यात्रा गरिएको थियो । उनिहरुको यो पर््रदर्शनीले राजनैतिक दललाई आर्कषण गर्न सकेको भने छैन ।यो वर्ष जर्मन संसदको निर्वाचन छ । निवाचनको प्रारम्भिक परिणाम वर्तमान चान्सलर आन्जिला मार्केलको पक्षमा रहेको छ । यो संसदको निर्वाचनलाई लक्ष्य गरेर आप्रवासीले सरकारलाई दवाव दिन यस प्रकारको पर््रदर्शन गरेका स्थानिय समाचरपत्रले उल्ल्ेख गरेका छन । 

No comments:

Post a Comment