नेपालीका लागि नेपाली भन्ने मुल नाराकासाथ एनआरएन अगाडी बढिरहेको छ, नेपालीका समस्या समाधान गर्ने उद्धेश्यका साथ गठित एनआरएन स्पेनले नेपालीका हकहितका बिषयमा थुप्रै काम गर्दै आइरहेको यथार्थता हाम्रोसामु जिबितै छ । एनआरएन स्पेनले स्पेनमा दिनानुदिन छिमेकी देशबाट नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आउने क्रम बढिरहेको अवस्था र भर्खरै मात्र स्पेन सरकार पनि परिवर्तन भएको अवस्थालाई ध्यानमा राख्दै स्पेनबासी नेपालीका कानुनी समस्या हल गर्ने उद्धेश्यका साथ यहि फेब्रुरी ८ तारिकका दिन यस सस्थाका अधछ्य श्री अर्जुन काफ्लेज्युको सभापतित्वमा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा अतिथिकोरुपमा स्पेनका आई सी सी सदस्य श्री पुष्पराज तिमिल्सिना, यस सस्थाका निवर्तमान अधछ्य तथा सल्लाहकार श्री भीषम कुमार गुरुंग अनील¨तथा बिशेष आमंत्रित अतिथि आप्रबासी कानुन सम्बन्धी वकील मोनिका होर्ताको आतिथ्यमा सम्पन्न भएको थियो / कार्यक्रमका सभापति तथा यस सस्थाका अधछ्य श्री अर्जुन काफ्लेज्युले कार्यक्रममा आगंतुक अतिथि तथा उपस्थित नेपालीहरुमा हार्दिक धन्यवाद्का साथै भबिश्यमा स्पेनबासी नेपालीहरुमा आइपर्ने कुनैपनी समस्याहरु बिना हिचकिचाहट एनआरएन स्पेनमा राख्न अनुरोध गर्नु भएको थियो / अतिथिका रुपमा आई सी सी सदस्य श्री पुष्पराज तिमिल्सिनाज्यूले कार्यक्रम स्पेन बस्ने नेपालीहरुको लागि हितकर भएकोले कार्यक्रमका आयोजकलाइ धन्यवाद् दिदै भाबिस्यमा पनी एनआरएन स्पेनले यस्ता कार्यक्रम गर्दै जाओस भन्ने कामना गर्नुभएको थियो साथै अर्का अतिथि यस सस्थाका निवर्तमान अधछ्य तथा सल्लाहकार श्री भीषम कुमार गुरुंग अनील¨ज्यूले भाषा अनुबादकका रुपमा समन्वयकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो / बिशेष आमंत्रित अतिथि मोनिका होर्ताद्वारा स्पैनको आप्रबसी कानूनका बारेमा जानकारी तथा उपस्थित नेपालीहरुको क़ानूनी जिज्ञासाको उत्तर दिनुभएको थियो / कार्यक्रममा करीब १०० जनाको उपस्थिति रहेको थियो भने अन्तमा यस सस्थाका अधछ्य श्री अर्जुन काफ्लेज्युद्वरा बिशेस आमंत्रित अतिथि मोनिका होर्ता, अतिथि स्पेनका आई सी सी सदस्य श्री पुष्पराज तिमिल्सिना यस सस्थाका निवर्तमान अधछ्य तथा सल्लाहकार श्री भीषम कुमार गुरुंग अनील तथा कार्यक्रम सफल पार्न बिशेष सहयोग गर्नुहुने सस्थाका उपाधाछ्य श्री प्रकाश तिमिल्सिना , कोशाधाछ्य श्री केदार दुंगना तथा अन्य सदस्यहरु श्री प्रकाश अधिकारी, श्रीरामचन्द्र भट्ट, बेदराम कंडेल तथा उपस्थित सबैलाई धन्यवाद् ज्ञापन गर्नुभएको थियो /
No comments:
Post a Comment