Wednesday, 24 July 2013

दूतावासमा निवेदन दिएको एक वर्षसम्म राहदानी पाएनन्

         अबुधावी । झापा धरमपुरका कृष्णप्रसाद अधिकारीले युएर्इका लागि नेपाली दूताबासमा आफ्नो युएइको भिषा एक बर्ष बाँकी हुँदै पसफोटको समयाबधि सकिन लाग्यो भनेर अधिकारीले दूताबासमा गएर पसफोट बनाउन फारम बुझाए तर एक बर्ष पुग्न लाग्यो उनले नयाँ पासफोट पाएनन । अधिकारीको युएइको भिषा पनि सकिन अब १५ दिन मात्र बाँकी छ । भिषाको म्याद तिन महिना रहँदा अबुधाबी नेपाली दुताबासमा पासफोट बनाउन फारम भरेका नबलपरासिका रमेश श्रेष्ठले समयमै पासफोट नपाएपछि अस्थाई (एक बर्षको हस्त लिखित ) पसफोट बनाएर भिषा लगाए तर एमआरपी पसफोट छ महिना बितिसक्दा पनि श्रेष्ठले पाएका छैन । नेपाल सरकार परराष्ट्र मन्त्रालयले वितरण गर्ने कुटनीतिक प्रवेश आज्ञा पासपोर्टलाइ प्रवासमा रहेका नेपालीहरुलाई कसरी बितरण गर्ने भन्ने योजना नहुदा अधिकारी रश्रेष्ठ मात्र होइन बिदेशमा रहेका नेपालीहरुले शास्थी बोकिरहेका छन ।

परराष्ट्र मन्त्रालयले बिदेशमा रहेका नेपाली दुताबाश मार्फत पासपोर्ट बितरण गर्दै आएपनि मन्त्रालयको पासपोर्ट बिभाग र समंधित देशको दुताबास बिच तालमेल नमिल्दा लाखौ नेपालीहरुको पासपोर्ट नविकरणमा समस्या आउने गरेको बिदेशमा रहेका कुटनीतिक नियोगहरुले बताउँछन् । युइएको अबुधाबीमा रहेको युएइकालागि नेपाली दुताबासमा पनि पासपोर्ट बनाउन आउनेको लामो भिडसंगै पासपोर्ट बनाउन किन डिलो भएको भन्दै बुझनेको भिड लामै हुने गरेको दुताबासका कर्मचारीहरु बताउँछन् । अबुधाबीको नेपाली दुताबासका उपनियोग प्रमुख दिपक अधिकारी भन्छन पासपोर्ट बनाउन आउनेको संख्या दिनौ बडी रहेको छ हामीले सम्भब भए जति संकलन गर्दै पनि छौ तर नेपालबाट नै एमआरपी बनेर आउन डिलो हुनाले यहाँ प्राबिधिक समस्या भएको छ ।

No comments:

Post a Comment