मानिसमा प्रजनन क्षमता गुम्नु वा नपुंशक हुनुका विभिन्न कारण हुनसक्छन् । मानसिक दबाब तथा डिप्रेसन, मदिरा तथा लागु औषधको लत, धुम्रपान, मोटोपन, मधुमेह, हृदयरोग तथा उच्च रक्तचाप जस्ता समस्याहरुले कालान्तरमा मानिसलाई नपुंशक बनाउन सक्छन् ।पछिल्लो एक अध्ययनले आउँदा वर्षहरुमा विश्वमा प्रजनन क्षमता गुमाउने मानिसहरुको संख्या झनै बढ्ने र सन् २०२५ सम्ममा यस्ता नपुंशक मानिसहरुमध्ये सबैभन्दा धेरै भारतीय हुने ठहर गरेको छ । मानिसलाई नपुशंक बनाउने तत्वमध्ये विश्व उष्ण्िाकरण तथा जलवायु परिवर्तन समेत महत्वपूर्ण कारकतत्व बन्ने विज्ञहरु बताउँछन् । यसका साथै अनियमित जिवनशैलीले समेत प्रजनन क्षमता नष्ट गर्नमा सहयोग गर्छ । विज्ञहरुका अनुसार विश्वमा नपुंशकताका सिकार भएका मध्ये सबैभन्दा धेरै मानिस एशिया, अफि्रका र उत्तर अमेरिकामा छन् । खानपानमा विशेष ध्यान दिने, स्वस्थ जिवनशैली अपनाउने, व्यायाम गर्ने जस्ता विषयमा ध्यान नपूराउनेहो भने नपुंशकताको सिकार बन्ने मानिसहरुको संख्या बढ्ने विज्ञहरुले चेतावनी दिएका छन् । मानिसमा नपुंशकताको खतरा बढाउने आदत यस्ता छन् :
१. धेरै कफी तथा चिया पिउने बानीले महिला तथा पुरुषको प्रजनन क्षमतामा असर पूराउँछ । नियमित रुपमा अत्यधिक चिया तथा कफी पिउँदा कालान्तरमा मानिस नपुंशक बन्ने खतरा रहेको विज्ञहरुको भनाइ छ
२.बढि पिरो, चिल्लो, अमिलो तथा गर्मी खानेकुराको सेवन पनि प्रजनन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यस्ता पदार्थको अत्यधिक सेवनले पुरुषमा विर्यको गुणस्तर तथा शुक्रकिटको संख्यामा कमी ल्याउने बताइन्छ ।
३.सुतेको बेला घुर्ने बानी छ भने पनि सतर्क हुनुहोस् । घुर्ने बानीले समेत तपाइँलाई नपुंशक बनाउन सक्छ । तपाइ घुर्नुको अर्थ के हो भने तपाइँले सुतेको बेला राम्रोसँग स्वास लिन पाउनुभएको छैन । राम्रोसँग नसुत्नु तथा राम्रो निद्रा नपर्नु पनि नपुंशकतासँग सम्बन्धित भएको विभिन्न अध्ययनले देखाएका छन् । घुर्ने व्यक्तिको सुतेको समयमा रगतमा राम्रोसँग अक्सिजन प्रवाह नहुने भएकाले त्यसले प्रजनन क्षमतामा समेत नराम्रो असर पूराउँछ । त्यसैले आफ्नो घुर्ने बानीलाई कम गरी राम्रोसँग सुत्ने गर्नुहोस् ।
४.धूमपानले पनि मानिसलाई नपुंशक बनाउने खतरा हुन्छ । धूमपानका कारण मानिसको रक्तसंचारमा असर पर्छ । रक्तसंचारमा असर पर्नु भनेको प्रजनन क्षमता कमजोर हुनु हो ।
५. मोटोपन बढ्नु भनेको शारीरिक, मानसिक तथा यौनिक स्वास्थ्यका लागि निकै खराब विषय हो । यसको सिधा असर मानिसको यौन क्षमता तथा प्रजनन स्वास्थ्यमा समेत पर्छ । मोटोपनले विभिन्न खाले रक्त तथा हृदयरोग निम्ताउनुका साथै मानिसको प्रजनन क्षमतामा समेत खलल पूराउँछ । त्यसैले सन्तुलित भोजन तथा व्यायाममा ध्यान दिनुपर्छ ।
६. पर्याप्त निद्रा नलिने मानिसमा पनि नपुंशकताको खतरा बढ्छ । दिनको ८ घण्टा नसुत्ने मानिसमा थकान बढ्ने मात्र होइन सरीरको जैविक प्रक्रियामा पनि असर पुग्छ । पर्याप्त समय नसुत्नाले सरीरमा हर्मोनको असन्तुलन हुन्छ जसले यौन तथा प्रजनन क्षमतामा ह्रास ल्याउँछ र नपुंशकताको खतरा बढाउँछ ।
६. जाँड रक्सीको सेवन प्रजनन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसले रक्तविकार बढाउने तथा यौन क्षमतामा ह्रास ल्याउने विज्ञहरु बताउँछन् । मध्यपानले सरीरमा रक्तप्रवाह सुस्त बनाउनुका साथै प्रजनन अंगहरुमा हुने रक्तप्रवाहलाई समेत असर पूराउने विज्ञहरुको भनाइ छ ।
७. जंक फुडको सेवन बढि गर्ने मानिसको सरीरमा आवश्यक पोषणको कमी हुन्छ । यस्तो कमी पूर्ति गर्नका लागि भन्दै विभिन्न खाले औषधि तथा चक्की खाने बानीले समेत अन्ततः मानिसको प्रजनन क्षमतामा असर पूराउँछ । यस्ता सप्लिमेन्टले सरीरमा आवश्यक भिटामिन तथा मिनिरल्सको आपूर्तिमा सहयोग पूराउने भएपनि सप्लिमेन्टस्ले विभिन्न साइड इफेक्ट पूराउँछन् ।
८.तनाव पनि नपुंशकताको कारक बन्न सक्छ । यदि मानिसको जिवनशैली निकै तनावपूर्ण छ भने उसको यौन क्षमतामा कमी आउँछ । दैनिक रुपमा कामकाजमा तनाव लिइरहने मानिसमा नपुंशकताको समस्या आउने खतरा बढि हुने विज्ञहरु बताउँछन् ।
No comments:
Post a Comment