Friday, 19 July 2013

लन्डनको नेपाली दूतावासमा राजदूतका आफन्त छिराउन दुई कर्मचारी निकालेको आरोप


         लन्डनस्थित नेपाली दूतावासमा लामो समय देखि कार्यरत स्थानीय दुई कर्मचारी विना सूचना निकालिएका छन् । राजदूत डा. सुरेशचन्द्र चालिसेले रुखो पारामा सूचनै नदिइ ‘तपाईंहरु सोमबारबाट हाजिर नगर्नुस्’ भन्दै कर्मचारीहरु दमन्ता खरेल र सुरेन्द्र भण्डारीलाई निकालेको कर्मचारीको आरोप छ । खरेल र भण्डारी दूतावासमा क्रमशः ५ वर्ष तीन महिना र साँढे ५ वर्ष यता निरन्तर काम गर्ने कर्मचारी हुन् ।स्रोतका अनुसार, राजदूत चालिसेले दुई वर्ष अघि पनि खरेल र भण्डारीको ‘कन्ट्रयाक्ट’ नथप्ने प्रयास गरेका थिए । त्यतिबेला चालिसेले खरेललाई १४ दिन र भण्डारीलाई १० दिन हाजिर गर्न समेत रोकेका थिए । तर, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाको बेग्लाबेग्लै फोनकलले जागिर थमौती भएको थियो । राजदूत चालिसे काँग्रेसकै कोटामा राजदूत भएकाले उनी देउवा र कोइरालाको भनसुन सुन्न वाध्य भएका थिए उता, चालक तिलक थापालाई समेत गाडी लिएर राजदूत चालिसेको पाहुना लिन नगएको बहानामा स्पष्टिकरण सोधी निकाल्न खोजिएको स्रोतको दावी छ । थापाले आफूलाई पाहुना लिन जानु भन्ने कुरा कसैले नभनेको स्पष्टिकरण दिए पनि चालिसेले हटाउन अनेक बखेडा झिकेको कर्मचारीको दावी छ ।

यस विषयमा सम्पर्क गर्दा राजदूत चालिसेले कसैलाई निकालेको नभई करार स्वत सकिएको प्रतिक्रिया दिए । ‘धेरैजसो आइएलआर नपाइन्जेल दूतावास बस्छन्, पाएपछि आफैं छोड्छन्’, चालिसेले भने, ‘जाने आउने क्रम स्वभाविक हो ।’ राजदूत चालिसे आगामी जनवरीमा चार वर्षे कार्यकाल सकेर फर्कंदैछन् । नेपाल र्फकनुअघि उनले आफ्ना नजिकहरुलाई नियुक्ति प्रक्रिया शुरु गर्ने तयारी गरिसकेको दूतावास स्रोतको दावी छ । विभिन्न सरकार परिवर्तन भएपनि सबै दलका नेताहरु रिझाउन सफल चालिसे पछिल्लोपटक भने दूतावास भवन विक्रीको नेतृत्व गरेर विवादमा तानिए । यही कारण एनआरएनए यूकेले उनलाई कुनै पनि सार्वजनिक कार्यक्रममा औपचारिक निम्तो दिएको छैन् ।

No comments:

Post a Comment