रियो दि जेनेरियो/ ब्राजिलका युवा स्ट्राइकर पाब्लो नेमारलाई बार्सिलोनाले ११ नम्बरको जर्सी प्रदान गरेको छ । डेढ महिनाअघि ब्राजिलको सान्तोस क्लबबाट नेमार स्पेनिस लिग च्याम्पियन बार्सिलोनासँग अनुबन्धित भएका थिए । बार्सिलोनामा आबद्ध भएलगत्तै नेमारलाई दिइने जर्सीबारे चर्चा चलेको थियो । लामो पर्खाइपछि बार्सिलोनाले नेमारलाई ११ नम्बरको जर्सी दिइएको क्लबको वेबसाइटमा जनाइएको छ ।
गत साता स्ट्राइकर थिएगो बायर्न म्युनिखसँग आबद्ध भएपछि बार्सिलोनामा ११ नम्बरको जर्सी लगाउने खेलाडी रिक्त भएको थियो । यसैगरी, बार्सिलोनामा ७ नम्बरको जर्सी पनि खाली छ । ७ नम्बर लगाउने डेभिड भिल्ला यसै सत्रमा अर्को स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडमा आबद्ध भएका थिए । सुरुवाती क्रममा नेमारलाई सात नम्बरको जर्सी दिइने योजना थियो । तर, बार्सिलोनामा ७ नम्बरको भन्दा ११ नम्बरको जर्सी लगाउने खेलाडी प्रख्यात भएको जनाउँदै नेमारलाई सो जर्सी उपलब्ध गराइएको वेबसाइटमा उल्लेख गर्यो । अहिले नेमार ब्राजिलमै छन् । गत महिना गृहभूमिमा सम्पन्न कन्फडेरेसन कपका नेमार ब्राजिल पुगेका थिए । एजेन्सीका अनुसार नेमार २५ जुनमा बार्सिलोना आउनेछन् ।
|
Saturday, 20 July 2013
नेमारलाई ११ नम्बरको जर्सी
Labels:
Sports
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment