Tuesday, 30 July 2013

अमेरिकामा बालबालिका वेश्यावृत्तिमा लगाउने १५० जना पक्राउ

बीबीसीका अनुसार संघीय जाँच ब्युरो, अर्थात् एफबीआईले गरेको ठूलो कारवाहीको क्रममा तिन दिनमा ७६ वटा शहरमा १०५ जना बालबालिका र तीनलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने १५० जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। उद्धार गरिएका बालबालिकाहरुलाई राजमार्गका मोटेल, क्यासिनो अर्थात जुवाघर र ट्रक विसौनी जस्ता ठाउँहरुमा वेश्यावृत्तिमा लगाइएको एफबीआईका अधिकारीले बताए। उनीहरुविरुद्ध मानव वेचविखन वा यौन अपराध सम्बन्धी मुद्दाहरु लगाइने अपेक्षा गरिएको छ। कारवाही पछि एफबीआईका सहायक निर्देशक रोनाल्ड होस्कोले बालबालिकाहरु संलग्न गराइने वेश्यावृत्ति अमेरिकाभर ठूलो चुनौतिको रुपमा रहेको बताए। बाल वेश्यावृत्ति विरुध्दको पछिल्लो कारवाही ७६ अमेरिकी शहरमा सञ्चालन गरिएको थियो। त्यसक्रममा सान फ्रान्सिस्को, डेट्रोइट्, मिलुवाकी, डेन्भर र न्यू ओर्लिन्सबाट सबैभन्दा धेरै बालबालिकाहरु उद्धार गरिएको बीबीसीले  जनाएको छ | एफबीआईका सहायक निर्देशक रोनाल्ड होस्कोको भनाइमा ‘अपरेशन क्रस कन्ट्री सेवेन’ नाम दिइएको पछिल्लो कारवाही बाल शोषण विरुद्ध सन्चालन गरिएको अहिलेसम्मकै सबैभन्दा ठ‍ूलो एफबीआई कारवाही हो। उनले वयस्क तथा बालबालिकाहरु वेश्यावृत्तिमा लगाउने १५० जना दलाल पक्राउ परेको बताए। तिनीहरु व्यवसायिक गतिविधिहरु हुने मोटेल जुवाघर ट्रक इन्टरनेटका वेबसाइटहरु सामाजिक सञ्जालका प्लेटफर्महरु आदि स्थानहरुबाट पक्राउ परेका हुन्। सबै बालबालिकाहरुलाई जोखिमपूर्ण वातावरणहरुबाट उद्घार गरेर सुरक्षित स्थानहरुमा राखेका छौं।” एफबीआइले सन् २००३ यता २,७०० वालवालिकाहरुको उद्धार गरिसकेको छ। पछिल्लो छापाका क्रममा उद्धार गरिएका लगभग सबै पीडित १३ देखि १७ वर्ष उमेर समूहका बालिकाहरु थिए। उनीहरुलाई मोटेल, क्यासिनो र समाजिक सन्जाल तथा अनलाइन विज्ञापनहरुमार्फत वेश्यावृत्तिमा लगाइएको थियो। उनीहरुलाई प्रशंसा र पैसा देखाएर लोभ्याइएको पाइएको होस्कोले बताए। सन् २००३ यता यस्ता कार्यमा लगाउनेहरु १३ सय ५० दोषीविरुद्ध कानूनी कारवाही गरिएको बीबीसीले  जनाएको छ | पछिल्लो छापाका क्रममा ३० लाख डलर बराबरको सम्पत्ति पनि जफत गरिएको छ। अमेरिकी न्याय मन्त्रालयका अनुसार अमेरिकामा हरेक वर्ष ४५०,००० बालबालिकाहरु घर छोडी भाग्ने गर्छन्। सो मन्त्रालयका अनुसार सडकमा बस्ने तीन बालबालिकाहरु मध्ये एकजना घर छोडेको ४८ घन्टाभित्र जबरजस्ती वेश्यावृत्ति गराउनेको जालोमा

No comments:

Post a Comment