
नेपालमा आठ हजार मिटरभन्दा अग्ला कति हिमाल छन् ? कसैले प्रश्न राख्यो भने तपाई अवश्य आठ वटा भनेर उत्तर दिनुहुन्छ । विश्व पर्वतारोहण महासंघले भने नेपालका थप पाँच वटा हिमाललाई आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा राख्ने प्रक्रिया अगाडि बढाएपछि यस्ता हिमालको संख्या अब १३ पुग्ने भएको छ । विश्वमा हाल आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल रहेको आधिकारिक तथ्यांक छ । महासंघले नेपालका थप पाँच तथा पाकिस्तान र चीनको सीमामा रहेको एक गरी थप छवटा हिमालाई आठ हजार मिटरभन्दा अग्ला हिमालको रुपमा मान्यता दिन लागेकोे हो । नेपालको यालुङकाङ (८५०५ मी. ), कञ्चनजंघा सेन्ट्रल (८४७६ मी.), कञ्चनजंघा साउथ (८४७६ मी. ), लोत्से मिडल (८४१३ मी. ), लोत्से सेभेन (८४४० मी) र पाकिस्तान र चीनको सिमानामा रहेको ब्रोड पिक सेन्ट्रललाई आठ हजार मिटरभन्दा अग्ला हिमालको रुपमा मान्यता दिन महासंघले प्रक्रिया अगाडि बढाएको जानकारी विश्व पर्वतारोहण महासंघका मानार्थ सदस्य आङ्छिरिङ शेर्पाले दिनुभयो । नेपालमा आठ हजार मिटरभन्दा अग्ला १५वटा हिमाल रहे पनि हालसम्म सगरमाथा (८८४८ मी.), कञ्चनजंघा (८,५८६), लोत्से (८५१६मी.), मकालु (८,४८५ मी.), चोयु (८,१८८मी.), धौलागिरी (८,१६७ मी.), मनास्लु (८,१६३ मी.) र अन्नपूर्ण (८,०९१मी.) हिमालले मात्र यसको मान्यता पाएका छन् ।त्यस्तै, पाकिस्तानमा केटु (८,६११ ), नांगा पर्वत (८,८२६ मी.), चीनको घसेरब्रम (८,०८०मी.), ब्रोड पिक (८,०५१ मी.) र चीनको स्वशासित क्षेत्र तिब्बतको सिसापाङमा(८,०२७ मी.) गरी विश्वमा १४ वटा हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालको मान्यता पाएका छन् । सन् २००४ देखिनै नेपालका थप पाँच हिमालले आठ हजार मिटरभन्दा अग्लो हिमालको रुपमा मान्यता पाउनुपर्ने माग राखिए पनि प्रक्रिया भने अगाडि बढ्न सकेको थिएन । विश्व पर्वतारोहण महासंघका मानार्थ सदस्य शेर्पाका अनुसार इटलीमा भएको महासंघको ब्यवस्थापन बैठकले नेपालका थप पाँच हिमाललाई आठ हजार मिटरभन्दा अग्ला हिमालको रुपमा मान्यता दिने प्रस्ताव पारित भइसकेको छ । स्वीट्जरल्याण्डमा हुने विश्व पर्वतारोहण महासंघको महासभाले यसलाई पारित गरेपछि प्रक्रियाले मुर्तरुप पाउने जनाउँदै शेर्पाले भन्नुभयो, ”यो नेपालको पर्वतारोहण पर्यटन क्षेत्रको ठूलो उपलब्धि हुनेछ । ”
पर्यटन मन्त्रालय ,पर्यटन उद्योग महाशाखाका प्रमुख पूर्णचन्द« भट्राईले नेपालको तर्फबाट आठ हजार मिटरभन्दा अग्ला हिमाल रहेको कुरा यसअघिनै खुम्जुङ घोषणापत्रमा उल्लेख भइसकेको बताउनुभयो । ्यी हिमालले अन्तर्राष्ट्रिय मान्यता पाउने प्रक्रियाको सम्बन्धमा भने आफूले तत्काल कुनै जानकारी पाइनसकेको उहाँले जनाउनुभयो ।
No comments:
Post a Comment