Thursday, 25 July 2013

स्पेनको ट्रेन दुर्घटनामा ७७ को ज्यान गयो

     
    वुधवार वेलुकी स्पेनको सान्तियागो दि कम्पोस्टियामा रेल दुरघटनामा परि निधन हुनेको संख्या ७७ पुगेको स्थानिय समाचारश्रोतले जनाएकोछ । सो दुरघटनामा परि १४३ जना घाइते भएको र केहीको अवस्था निकै चिन्ताजनक भएको हुदा निधन हुनेको संख्यामा वृद्धी हुन सक्ने जनाइएको छ । अत्याधिक गतिमा रहेको र धुम्तीमा नियन्त्रण हुन नसक्दा सो दुरघटना भएको जनाइएको छ । स्टेशन पुगन ४ किलोमीटर बाकी हुदा दुर्घटना भयको थियो| सो क्षेत्रमा ८० किमी प्रति घण्टा हुनु पर्नेमा दुरघटनाको समयमा रेलको गती १८० किमी प्रति घण्टा रहेको जनाइएको छ । दुरघटना वेलुकी ८:४० मा भएको र खबर पाउना साथ सवै उद्धार सेवा सकृय भएक्ा थिए।  राजधानी मड्रिडबाट फेरोल नगर तर्फ गैरहेको उक्त रेलको सबै १३ वटै डिब्बाहरु उत्तरी स्पेनको स्यान्टीयागो डे कोम्पोस्टेला नगर नजीकै पुग्दा ट्रयाकबाट बाहिरिएका थिए। घटनास्थलबाट प्राप्त तस्वीरहरुमा, डिब्बाहरुको भग्नावशेषका छेउ राखिएका शवहरु र आपतकालीन उद्धार कार्यकर्ताहरुले जीवित बचेका हुनसक्नेहरुको खोजी गरिरहेका देख्‍न सकिन्छ। प्रत्यक्षदर्शीहरुले आफूले ठूलो विस्फोटको आवाज सुनेको बताएका छन्। देखेका एकजनाले भने, “सबै एकदमै छिटो भयो। के भयो होला भन्न त सकिन्न तर घुम्तीनिर रेल ट्रयाकबाट बाहिर उछिट्टियो र धेरै बल्ड्यांग खायो।“




No comments:

Post a Comment