आर्थिक बर्ष २०७०/७१ का लागि सरकारले आइतवार सार्वजनिक गरेको बजेटमा बिदेशमा बस्ने नेपालीलाई पनि संबोधन गर्ने प्रयास गरेको छ । सरकारले बिदेशबाट आउने नेपालीले ल्याउने ३० इन्चसम्मको टीभीमा पूर्णरुपमा भन्सार छुट दिने घोषणा गरेको छ । यसअघि सरकारले प्रति इन्चका आधारमा राजश्व लिने गरेको थियो । यसैगरी सरकारले रोजगार सूचना केन्द्रलाई बिनिमय केन्द्रमा बिकशित गरी त्यसमार्फत् श्रम बजारको माग, बेरोजगार र उनीहरुको सीपको सूची बनाई माग र आपूर्तिवीच सूचना आदान प्रदान गर्ने योजना बनाएको छ । यस्तै गैरआवासीय नेपालीलाई नेपालको पूँजीबजारमा लगानीका लागि प्रोत्साहन गर्ने घोषणा गरेको छ । बैदेशिक रोजगारीमार्फत हुने आम्दानीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न उपयुक्त माध्यमको ब्यबस्था गर्ने र बैदेशिक रोजगार बिभागका क्षेत्रीय शाखाहरु स्थापना गर्ने घोषणा गरेको छ ।
खाडी क्षेत्रका युएई, कुवेत र ओमान जाने नेपाली कामदार र पठाउने म्यानपावरले बैदेशिक रोजगार बिभागमै गएर तलव र सेवा सुबिधासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्ने ब्यबस्था गरेको छ । तत्कालका लागि नमूनारुपमा तीनवटा मुलुकमा पहिलो चरणमा यो योजना सुरु गरिएको बताइएको छ । दोहोरो सम्झौतापत्रका कारण नेपाली कामदार बिदेशमा ठगिने अबस्थालाई नियन्त्रण गर्न सरकारले नयाँ ब्यबस्था लागू गरेको हो । यस्तै बिदेशका सवै नेपाली नियोगहरुमा मेसिन रिडेवल पासपोर्टका लागि अनलाइन फारम भर्ने ब्यबस्था गरेको छ । यस्तै कुटनीतिक नियोगमा कार्यरत कर्मचारीका लागि बिदेशी भाषा तालिम दिने घोषणा गरेको छ । विदेशमा बसेर घर र्फकनेहरूले कुनकुन सामान भनसार नतिरी र कुनकुन भन्सार तिरेर लान पाइन्छ विदेशबाट फर्केका नेपालीले लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामानहरू, औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधिहरू, शारीरिक अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका सामान,एक-एक थान घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल, पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरू एक एक थान -डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान
-फुटबल, भलिबल, बैडमिन्टन सेट) गायकका बाजा -गितार हार्मोनियम, तबलाआदि) चार किलोग्रामसम्म खाद्य परिकार, मदिरा १.१५ लिटरसम्मको बोतल भन्सार नतिरी ल्याउन पाउने व्यवस्था छ । ती सामान बाहेक थप परिमाणमा ल्याए त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति भन्सार नतिरी ल्याउन दिन सक्ने व्यवस्था झिटी गुन्टा सूचनामा छ । मदिरा भने तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण जति जफत हुनेछ । नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल र्फकदा व्यक्तिगत प्रयोजनका लागि महसुल तिरेर केही सामान ल्याउन पाउने व्यवस्था छ । यस्ता मालसामान आफू आउनुअघि वा पछि चलान गरेको भए आफू नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र भन्सार गोदाममा दाखिल भैसकेको हुनु पर्नेछ । त्यसरी ल्याउन पाउने सामानमा टेलिभिजन, म्यूजिक सिष्टम, रेपि|mजरेटर, वासिङ्ग मेशिन, पंखा, रेडियो, सिडि प्लेयर, भिसिडि प्लेयर, डिभिडी प्लेयर, भिडियो क्यामरा र कम्प्युटर एक एक सेट छन् । यसैगरी शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कष्मेटिक्स आदि बढीमा पन्ध्र थान घरायसी प्रयोगका सामान्य किसिमका उपकरण
-मिक्सर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर जस्ता) दुई/दुई थान, दस किलोग्राम सम्म खाद्य परिकार, व्यवसायिक पेसामा लागेका -डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान, नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई दुई थान भन्सार तिरेर ल्याउन पाइन्छ । यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका उल्लिखित सामान तोकिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सक्नेछ । विदेशमा छ महिनाभन्दा बढी अवधि बिताई फर्केका यात्रुले आफू पुगेको ठाउबाट ती सामान आफूसाथ ल्याएमा वा आफू आउनुभन्दा अघि वा पछि पठाएमा तोकिएको मूल्यसम्म भन्सार महसुल पूर्ण रुपमा छुट दिने व्यवस्था छ । त्यस्तो मालसामानको प्रज्ञापनपत्र नभराई छुट्टै अभिलेख राखी जाँचपास गर्न सकिनेछ । छुट सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐनबमोजिम समदरमा भन्सार महसुल लाग्नेछ । छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पाच हजार रुपैयाँसम्म, एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा दश हजार रुपैयाँसम्मको सामानमा भन्सार छुट हुन्छ । सोह्र वर्षभन्दा कम उमेरका यात्रुले छुट सीमाको पचास प्रतिशत मात्र सुविधा पाउनेछन् । भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वतवाहेक अन्य विदेशी मुलुकमा छ महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ । विदेशमा बसेका नेपालीले आफूले प्रयोग गरेका लत्ता कपडाहरू हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट हुने व्यवस्था छ । विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई पठाएको सामानमध्ये अमेरिकी डलर दुई सय पचाससम्मको सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लगाई जाँचपास गर्न सकिनेछ । चुरोट दुई सय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ । यसमा तोकिएको परिमाणभन्दा बढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न सकिनेछ । कुनै नेपाली नागरिकको विदेशको बसाइमा मृत्यु भएको भन्ने प्रमाणित भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका सामानहरू -सवारीसाधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुनेछ ।
No comments:
Post a Comment