Sunday, 7 July 2013

आइफोन लाइट 'लिक'


एप्पलले सार्वजनिक गर्नु अगावै ग्याजेटको चियोचर्चो गर्ने अमेरिकी मिडियामा सस्ता आइफोनको तस्विरहरु सार्वजनिक भएका छन् एप्पललाई पत्तो नदिइ सार्वजनिक भएका सस्ता आइफोन स्क्रिनमा आइओएस सेभेन प्रयोग भएको देखिएको छ। डिजानइन तथा रंगहरु निकै आकर्षक रहेका सस्ता आइफोनको नाम 'आइफोन लाइट' रहने बताइएको छ। एप्पलले यो वर्ष आइफोनका २ मोडल ल्याउने चर्चा रहेकोमा ती मध्ये एक आइफोन लाइट हुने अमेरिकी ग्याजेट समीक्षकहरुले बताउँदै आएका छन्। अर्को आइफोन फाइभ एस हुने उनीहरुको भनाइ छ। स्मार्टफोन निर्माता सामसङले धेरै सस्ता स्मार्टफोन उत्पादन पनि उत्पादन गरी विश्व बजारको ठूलो हिस्सा ओगटेपछि एप्पलले सस्ता आइफोन ल्याउन लागेको हो| (यस्तै होला त)  क्यासिङ (बाहिरी बक्स) धातुको नभइ प्लाष्टिकको हुने आइफोन लाइट रेम्बो कलरमा उपलब्ध हुनेछन्। लिक भएका आइफोन लाइटहरु रातो, पहेँलो र हरियो रंगका छन्। आइफोन लाइटको डिजाइन फाइभ र एसको जस्तै छ। आम उपभोक्तालाई लक्ष्यित गरेर ल्याउन लागेको आइफोन लाइट ८ दशमलव ५ एमएमको बाक्लो हुनेछ। एप्पल सफ्टवेयर आइओएसको नयाँ भर्सन आइओएस सभेन अपरेटिङ सिस्टम आइफोन लाइटमा रहेको छ।


No comments:

Post a Comment