Saturday, 6 July 2013

मादी नदीमा बस खस्यो (हेर्नुस भिडियो सहित )


      २२ असार, ।अन्लाईन खबरका अनुसार पृथ्वी राजमार्ग अन्तरगत तनहुँ दमौलीबाट मादी नदीमा बस खसेको छ । पोखराबाट मुग्लिनतर्फ गुडेको ना ४ ख ४६८४ नम्बरको बस मादी नदीको पुलबाट नदीमा खसेको हो । बसको अधिकांश भाग पानीमा डुबेको छ । जसका कारण केहीको मृत्यु भएको आशंका गरिएको छ । बसमा रहेकाहरुको उद्दार जारी छ । उद्दारका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी जुटेका छन् । -अहिलेसम्म खोला किनारमा तीन जनामात्र भेटिएका छन् । बस पूरै डुबेको छ | मादी नदीमा बस खस्दा ११ जनाको मृत्यु भएको छ । भने १० जनाको जिवितै उद्दार गरिएको छ । मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये  ८ पुरुष, २ महिला र १ बच्चा रहेको प्रहरी उपरीक्षक देवबहादुर बोहोराले जानकारी दिनुभयो ।पुलमा लगाइएको बार भत्काएर बस विपरित दिशातर्फबाट नदीमा खसेको छ । प्रत्यक्षदर्शीका अनुसार पुलमा हिडिरहेका बच्चाहरुलाई बचाउने क्रममा अनियन्त्रित भएको बस पुलबाट नदीमा खसेको थियो ।







No comments:

Post a Comment