Friday, 26 July 2013
फेब्रिगास नाउ क्याम्पमै रहन्छ- न्नवनियुक्त प्रशिक्षक मार्टिनो
बार्सिलोनाका नवनियुक्त प्रशिक्षक जेरार्डो ‘टेटा’ मार्टिनोले मिडफिल्डर सेस फेब्रिगास नाउ क्याम्पमै रहने बताएका छन् । शुक्रबार भएको पि्रजेन्टेशनपछि उनले फेब्रिगासको पछि नलाग्न इंग्लिस च्याम्पियन म्यानचेष्टर युनाइटेडलाई सुझाव दिएका हुन् । आफू क्लबको एकाउन्टमा संलग्न हुन नचाहेको भन्दै उनले भने-’क्लबले यसअघि नै दुई प्रस्ताव अस्वीकार गरिसकेको छ । मलाई लाग्छ अब तेस्रो् प्रस्ताव पनि अस्वीकार हुन्छ । फेब्रिगास क्लबमै रहन्छन् ।’ उनको अभिव्यक्तिलाई संगै रहेका क्लबका उपाध्यक्षले समेत समर्थन गरेका छन् । प्रशिक्षणका क्रममा केही नयाँ प्रयोग गर्ने तर, बार्सिलोनाको स्टिाइललाई निरन्तरता दिने उननले बताए । अर्जेन्टिनी स्टार लिओनल मेस्सी र ब्राजिलियन नेयमारलाई खेलाउन सक्नुहन्छ भन्ने प्रश्नमा मार्टिनोले मेस्सी र नेयमारले आपसमा खेल्न नसक्ने कल्पना नै गर्न नसक्ने बताए । टिटो भिल्लानेवले क्यान्सरको उपचारका लागि बार्सिलोना छाडेपछि अर्जेन्टिनी मार्टिनो स्पेनिस क्याटलनको नयाँ प्रशिक्षक बनेका हुन् ।
Labels:
Sports
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment