
५ साउन, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टवहादुर बोगटीले पदवाट राजीनामा दिनु भएको छ । पार्टीलार्इ अध्यक्षको एकल नेतृत्वमा अघि वढाउने सहमति भएपछि उपाध्यक्ष नारायणकाजी र महासचिव बोगटीले शनिवार राजीनामा दिएका हुन् । उनीहरुले शनिवार विहान बसेको ब्यूरो इन्चार्जको वैठकमा नै पदवाट राजीनामा दिएको स्रोतले जनाएको छ ।

यसअघि उपाध्यक्ष डा बाबुराम भट्टराईले पनि पार्टीभित्र पद लोलुपता देखिएकोप्रति असन्तुष्टी जनाउदै पदवाट राजीनामा दिनु भएको थियो । पार्टी अध्यक्ष प्रचण्डले उपाध्यक्ष दवाट डा भट्टराईले राजीनामा दिएपछिको अवस्था व्यवस्थापन गर्न एकल नेतृत्वमा पार्टीलाई अगाडि वढाउने प्रस्ताव गर्नु भएको थियो । एमाओवादी २०६६ सालमा बहुपदीय प्रणालीमा आएको थियो ।
No comments:
Post a Comment